after_navbar

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने चेतावनी


असार २६, २०८३


काठमाडौ,२६ असार । शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार ए लेभल, सीबीएसई र आइबिडिपीजस्ता कार्यक्रम अनुमति नलिई सञ्चालन भइरहेको पाइए कडाइ गरिनेछ। मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेपछि कार्यान्वयनमा कडाइ गरिएको हो।

उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही संस्थाले मन्त्रालयको अनुमति नलिई कार्यक्रम सञ्चालन गरिरहेका छन्। त्यस्ता संस्थालाई कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको उनले बताए।
मन्त्रालयले अनुमतिबिना कार्यक्रम सञ्चालन भइरहेका संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा सूचित गर्न सरोकारवालासँग आग्रह गरेको छ।

उक्त नियमावली उच्च शिक्षाको गुणस्तर सुधार र विदेशी कार्यक्रमको प्रभावकारी नियमनका लागि लागू गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="