after_navbar

६ प्रतिष्ठानमा उपकुलपति नियुक्त, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा. मिश्रलाई


६ घण्टा अगाडि


दाङ, २५ असार । सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ उपकुलपतिहरू नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। नयाँ नियुक्ति अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन्।

​यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्य नियुक्त भएका छन्। डा. आचार्य यसअघि न्याम्सकै क्यान्सर विभागको प्रमुखका रूपमा कार्यरत थिए।

​यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन्। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बोलाई नियुक्त गरिएको छ।

​उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="