after_navbar

फेरि अर्का व्यक्तिले गरे आत्मदाह प्रयास


११ घण्टा अगाडि


काठमाडौ,२७ असार । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार ४५ वर्षीय आश्विन राउतले आफ्नै घरको भान्सा कोठामा आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पु¥याइएको थियो।

हाल राउतको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र अवस्था गम्भीर रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="