काठमाडौ,२७ असार । आत्मदाहको प्रयासका क्रममा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा शनिबार (आज)बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस