दाङ,३१ असार। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस