after_navbar

संसदको पनि सयदिनको समिक्षा गरौं: सांसद आचार्य


११ घण्टा अगाडि


दाङ,३१ असार । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको ‘सय दिने समीक्षा’ जस्तै संसद्को कार्यसम्पादनको पनि मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याए।

‘सामान्यतया सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र समीक्षा गरिन्छ। संसद्को हकमा त्यस्तो अभ्यास सुनिएको छैन, तर अब संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला आएको छ,’ उनले भने।
आचार्यले संसद्को प्रभावकारिता मूल्यांकन गर्न विभिन्न सूचकहरू प्रस्तुत गरे।

उनले सांसदहरूको उपस्थितिदर, विधेयकमा गरिएका संशोधनले ल्याएको सुधार, संसदीय समितिहरूको कार्यसम्पादन, तथा शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयको सम्बोधनको अवस्थाबारे समीक्षा गर्नुपर्ने बताए।

साथै, उनले प्रतिनिधिसभा नियमावली उल्लंघनका घटनाबारे पनि विश्लेषण आवश्यक रहेको उल्लेख गरे। ‘सत्तापक्ष, सरकार र प्रतिपक्षले नियम उल्लंघन कति पटक गरे र त्यसलाई संसद्ले कसरी लियो भन्ने विषय पनि समीक्षा हुनुपर्छ,’ उनले भने।

संसद्को गरिमा र प्रभावकारिताबारे प्रश्न उठाउँदै आचार्यले संसद् नागरिकको निराशालाई आशामा बदल्ने थलो भएकाले सही दिशामा अघि बढेको छ वा छैन भन्ने समग्र मूल्यांकन गर्न सभामुखसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="