after_navbar

ट्याक्टर ब्याक हुँदा एक बालकको मृत्यु,एक घाइते


घण्टा अगाडि


दाङ,३१ असार । पार्किङ गरेर राखिएको ट्याक्टर ब्याक हुँदा प्युठानमा एक बालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका-५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा ७ वर्षीय बालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी स्थानीय गंगा घर्ती मगरका छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।

यसैगरीं दुर्घटनामा रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा घाइते भएका छन्। उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पार्किङ गरी राखिएको ट्याक्टरमा बालबालिका खेल्ने क्रममा ट्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका-५ का २१ वर्षीय विकास परियार फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="