after_navbar

किशोरीमाथि जबर्जस्ती करणी आरोपमा पूर्वप्रधानाध्यापकसहित दुई पक्राउ


७ घण्टा अगाडि


दाङ,३१ असार । दाङमा प्रहरीले किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ। १८ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पूर्वप्रधानाध्यापकसहित दुई जनालाई बिजौरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ स्थित ‘हाम्रो पहुँच विद्यालय’का पूर्वप्रधानाध्यापक डिआर भण्डारी र हाम्रो पहुँच शहकारीका दुर्गा भण्डारी रहेका छन्।

प्रहरीका अनुसार २८ असार अपराह्न करिब ४:३० बजे तुलसीपुर–१२ स्थित एयरपोर्ट पश्चिमतर्फको सामुदायिक वन क्षेत्रमा किशोरीलाई मदिरा सेवन गराई डर–त्रास देखाउँदै जबर्जस्ती करणी गरेको आरोप लागेको हो।

घटनापछि पीडितकी आमाले ३० असार राति इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="