काठमाडौ,३२ असार । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन्। मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गर्दै उक्त व्यवस्था पुनर्बहाली गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पेस गरेको संशोधन प्रस्ताव स्वीकृत भएसँगै अब सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। स्वकीय सचिवहरूले यसअघि उपलब्ध गराइँदै आएका सुविधा र सेवाहरू यथावत् रूपमा पाउने जनाइएको छ।
यसअघि जनआन्दोलनपछिको अवधिमा गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूको स्वकीय सचिव राख्ने सुविधा खारेज गरेको थियो। लामो समयपछि सरकारले पुनः उक्त व्यवस्था लागू गरेसँगै सांसदहरूको कार्यसम्पादनमा सहजीकरण हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस