after_navbar

सुनचाँदीको मूल्य घट्यो


१५ घण्टा अगाडि


दाङ,१ साउन। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घट्दै २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला १२५ रुपैयाँले ओरालो लाग्दै ४ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी ४ हजार ३२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="