after_navbar

शेरबहादुर देउवा घाइते


१० घण्टा अगाडि


काठमाडौ,१ साउन। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा घाइते भएका छन् । उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका उनी बाथरुममा लडेर घाइते भएका हुन्। उनको दायाँ हात भाँचिएको जनाइएको छ।

देउवानिकट स्रोतका अनुसार उपचारपछि उनलाई हङकङस्थित स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको छ। देउवा केही समयदेखि हङकङमा बस्दै आएका छन्। थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="