after_navbar

मुग्लिन-नारायणगढ सडकखण्डमा बस ठोक्किँदा सडक अवरुद्ध


१६ घण्टा अगाडि


काठमाडौ,३ साउन। मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालय ले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा दुई बस ठोक्किएको हो। दुर्घटनापछि सडक अवरुद्ध भएको जनाइएको छ। दुर्घटनामा मानवीय क्षतिबारे भने तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="