ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै
१५ घण्टा अगाडि
काठमाडौ,१७ साउन। ब्रोड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ।
उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जा का व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पा का अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको हो। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याइने बताइएको छ।
ब्रोड पिकमा आरोहणका क्रममा आएको हिमपहिरोमा परी नेपाली ६ जनासहित १० जना आरोही बेपत्ता भएका थिए। त्यसपछि गरिएको खोज तथा उद्धार अभियानका क्रममा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
घटनापछि उद्धार टोलीले दुर्गम हिमाली क्षेत्रमा कठिन परिस्थितिका बीच शव व्यवस्थापन तथा थप समन्वयको काम गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस