after_navbar

जंगली च्याउ खाँदा एकजनाको मृत्यु,एकजना गम्भीर


२ घण्टा अगाडि


काठमाडौ,१९ साउन । जंगली च्याउ खाँदा बाजुरामा एकजनाको मृत्यु भएको छ।एकजनाको अवस्था गम्भीर रहेकोे छ ।

बाजुराको बडिमालिका नगरपालिका–७ धम्कनेमा जंगली च्याउ खाँदा स्थानीय ५१ वर्षीय रामे थापाको मृत्यु भएको हो।

थाया र उनकी श्रीमती नाम्सरी थापाले जंगलबाट ल्याएको च्याउ खाँदा अचानक बिरामी परेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार राति उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो।

उपचारका क्रममा रामे थापालाई चिकित्सकले मृत घोषणा गरेका छन् भने गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जंगलमा उम्रिएको विषालु च्याउ सेवनकै कारण उनीहरू बिरामी परेका हुन्।

प्रतिक्रिया दिनुहोस

data-href="