after_navbar

१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


४ घण्टा अगाडि


काठमाडौ,२६ साउन । प्रहरीले १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाबाट उनलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत बिहारको भंगाहा श्रीनगर-३ का ५० वर्षीय सइरू चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीले बोरा भित्र लुकाएर राखेको अवस्थामा १०५ किलो गाँजा बरामद गरिएको हो।

पक्राउ परेका चौधरीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="