after_navbar

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता: दुई घाइते


२ घण्टा अगाडि


दाङ,२७ साउन । भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरहनजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बालुसंग्रहीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका-४ का २३ वर्षका भीमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

बेपत्ता दुई जनाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका-१ आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही ठाउँका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="