काठमाडौ,१२ भदौ । जिल्ला प्रशासन कार्यालय धादिङले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल बस्ती खाली गरी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार रसुवा क्षेत्रमा बाढी आइसकेकाले त्यसको प्रभाव धादिङका तल्लो तटीय क्षेत्रमा समेत जुनसुकै बेला पर्न सक्ने जोखिम छ।
सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले विशेष अपिल गरेको हो।
प्रशासनले बाढीको जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन तथा नदी आसपास अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस