after_navbar

चीनमा ५.१ म्याग्निच्युडको भूकम्प


२१ घण्टा अगाडि


काठमाडौ,१२ भदौ। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।

चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर १३ मिनेटमा सिचुआनको लोङचाङ सहरमा भूकम्प गएको हो।

सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पको गहिराइ १३ किलोमिटर रहेको जनाइएको छ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षति भएको विवरण सार्वजनिक भएको छैन। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="