after_navbar

बेत्रावतीबाट बेपत्ता असई पौडेलको शव चितवनमा फेला


१८ घण्टा अगाडि


चितवन,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।

तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए ।

नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव पहिचान भएपछि जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

यसैबीच, चितवनमा फेला परेको अर्को एक शवको समेत पहिचान खुलेको छ। बाँकेको कोहलपुर नगरपालिका-११ का २३ वर्षीय कविलाल चौधरीको शव भएको पुष्टि भएको डीएसपी यादवले जानकारी दिए।

चौधरीको शव पनि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="