काठमाडौ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका तथा अलपत्र परेकामध्ये अहिलेसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जलविद्युत आयोजनामा कार्यरत ६३९ जना रहेका छन्।
प्राधिकरणका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लामा अहिलेसम्म ९३९ जनाको शव फेला परेको छ। जसअनुसार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव भेटिएको छ।
खोज तथा उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम निरन्तर भइरहेको छ।
प्रतिक्रिया दिनुहोस