after_navbar

विपदमा बालबालिका जोगाउन जेआरसिएनको अपिल


२३ घण्टा अगाडि


दाङ। २० भदौ । नेपालमा बालबालिकाका अधिकार (जेआरसिएन)ले भोटेकोसी बाढीका कारण संकटमा परेका बालबालिकाहरू जोगाउनका सरकार र समुदायलाई अपिल गरेको छ। बाढीपछि विस्थापित, परिवारबाट छुट्टिएका र बिचल्लीमा परेका बालबालिकाहरूमाथि गम्भिर जोखिम एंव आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै जेआरसिएनले यस्तो अपिल गरेको हो।
‘विपदको यो घडीमा सबैभन्दा संवेदनशीलता बालबालिकामाथि हुनुपर्छ भन्ने हाम्रो ठम्याइ छ। यस्तो अवस्थामा बालबालिकामाथि विभिन्न अपराधका घटनाहरू हुनसक्ने अवस्थाप्रति पनि हामी चनाखो र सचेत रहन सम्बन्धित निकायलाई अपिल गर्दछौं। यस्तो अवस्थामा सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा मानवीय संस्थाहरूलाई बालबालिकाको संरक्षणमा संवेदनशील हुनुपर्नेमा हामी विशेष ध्यानाकर्षण गराउन चाहन्छौं’ अध्यक्ष चन्द्रबहादुर चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै यस्तो अवस्थामा बालबालिकाको बेचबिखन, बालश्रम वा बालविबाह र अन्य बालअपराधजन्य अपराधहरू बढ्नसक्ने भन्दै विज्ञप्तिमा त्यसप्रति सचेत रहन समाजका सबै तह र नियकाहरूलाई आग्रह पनि गरिएको छ।
‘उद्धार भएका बालबालिकाहरू पनि कैयौं आफन्तबिहीन भएका छन्। कति बालबालिकाको पढाईलेखाइ छुटेको छ भने कति आश्रयबिहीन अवस्थामा पुगेका छन्। संकटको यो समयमा यस्ता जोखिममा रहेका बालबालिकाहरूमा विभिन्न आपराधिक क्रियाकलापहरू बढ्नसक्नेतर्फ सम्बन्धित निकाय सचेत हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो अवस्थामा बालबालिकाको बेचबिखन, बालश्रम वा बालबिवाहका श्रृङ्खलाहरू बढ्नेगरेका उदाहरणहरू यसअघि पनि हामीसँग प्रशस्त छन्। बाध्यता र पीडाको फाइदा उठाएर बालबालिकामाथि हुने यस्ता अपराधलाई नियन्त्रण, न्यूनिकरण र निरुत्साहित गर्नका लाग प्रभावित क्षेत्रमा रहेका बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षा सँगसँगै आफन्तहरूसँगको पुनर्मिलन, पुनस्थापना र मनोपरामर्शको टड्कारो आवश्यकता रहन्छ।’
त्यसैगरी विपदको यो राष्ट्रिय संकटका बेलामा बालबालिकाका संवेदनशील तस्बीर तथा दृश्यहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग गरिएको प्रति पनि जेरआसिएनले गम्भिर आपत्ति जनाएको छ। बालबालिकाको गोपनियता, उनिहरूको संवेदनशीलता र जोखिमलाई ख्याल गर्दै बालबालिकामाथि पुग्ने मानसिक आघातलाई ख्याल गर्नसमेत जेआरसिएनले सम्बन्धित सबैलाई अपिल गरेको छ।
‘यस्तो गम्भिर राष्ट्रिय संकटका बेला बाढी प्रभावित क्षेत्रमा रहेका बालबालिकाका गोपनियता, संवेदनशीलता र आममानिनसमा मानसिक आघात पुग्नेगरी तस्वीरहरू तथा उनिहरूको भिडिओहरू सार्वजनिक भइरहेको प्रति पनि हामी गम्भिर ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरू बन्द गर्न/गराउन सम्बन्धित निकायलाई अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको ‘साथै आम पत्रकारिता जगत र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई बालबालिकाको मानमर्दन हुनेखालका, संवेदनशीलता र अपुष्ट एंव अपवाहपूर्ण सामग्रीहरू प्रकाशन र प्रशारणमा गम्भिर हुन पनि हामी आग्रह गर्दछौं। त्यसका लागि राष्ट्रिय बालअधिकार परिषद, राष्ट्रिय मानवअधिकार आयोग तथा बालबालिकाको क्षेत्रमा काम गर्न सम्पूर्ण सामाजिक संघसंस्थाहरूलाई निरन्तर निगरानी तथा अनुमगनका लागि पनि अनुरोध गर्दछौं।’

प्रतिक्रिया दिनुहोस

data-href="