after_navbar

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस


४ मिनेट अगाडि


दाङ। आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा छ।

यस अवसरमा विभिन्न कलकारखाना तथा उद्योगमा विश्वकर्माको तस्बिर स्थापना गरी पूजा गरिन्छ। कलकारखानालाई सजाएर श्रमिक तथा व्यवसायीले विश्वकर्मा पर्व मनाउने गरेका छन्।

धार्मिक विश्वासअनुसार आजका दिन काममा प्रयोग हुने औजार तथा उपकरणको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने मान्यता छ।

यही विश्वासका कारण इन्जिन जडान भएका विभिन्न यन्त्र तथा सवारीसाधनको समेत पूजा गर्ने चलन छ।

प्रतिक्रिया दिनुहोस

data-href="