after_navbar

लमही खानेपानी संस्थाका कोषाध्यक्ष भण्डारीद्वारा राजीनामा


५ मिनेट अगाडि


दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारीले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार लमहीमा पत्रकार सम्मेलन गर्दै भण्डारीले संस्थाका अध्यक्षलाई सम्बोधन गरी राजीनामा दिएको जानकारी दिएका हुन्। राजीनामा पत्रमा उनले संस्थाको कार्यशैली, कर्मचारीलाई अतिरिक्त सुविधा दिने विषय, बैंक खाता सञ्चालन तथा संस्थागत निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै पदबाट अलग भएको उल्लेख गरेका छन्।

कर्मचारीलाई विधान तथा प्रचलित व्यवस्थाभन्दा बाहिर गएर अतिरिक्त सुविधा तथा भत्ता दिँदा संस्थामाथि वार्षिक करिब ४ लाख रुपैयाँ थप आर्थिक भार पर्ने अवस्था रहेको भण्डारीको दाबी छ। आर्थिक अनुशासन, पारदर्शिता र उपभोक्ताको हितका विषयमा आफूले पटक/पटक प्रश्न उठाउँदै आएको उनले बताएका छन्।

यस्तै, आफ्नो व्यक्तिगत बैंकिङ समस्यालाई संस्थाको आर्थिक कारोबारसँग जोडेर सामाजिक तथा राजनीतिक विषय बनाइएको भन्दै उनले आपत्ति जनाएका छन्। बैंक खाता सञ्चालनसम्बन्धी विषयमा कानुनी तथा संस्थागत समाधान खोज्न आग्रह गरे पनि त्यसतर्फ पर्याप्त गम्भीरता नदेखाइएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस

data-href="