after_navbar

दोभान बजारमा आगलागी


२ घण्टा अगाडि


ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी हुँदा करिब १० घर जलेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाँईका अनुसार आगलागीको कारण खुलेको छैन। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।

आगलागी नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="