दाङ। सहारा बचत तथा ऋण सहकारी संस्थाको नंया नेतृत्व चयन भएको छ। दाङको तुलसीपुरस्थित साहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पदमकुमार ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
शनिबार सम्पन्न संस्थाको सातौँ अधिवेशनले ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा भीमलाल मरासिनी, सचिवमा सालिकराम ओली र कोषाध्यक्षमा विश्राम अधिकारी चयन भएका छन् ।
समिति सदस्यमा तेजबहादुर केसी, आशाकुमारी नेपाली, गीता विष्ट महतारा, सन्तोष आचार्य र देवकी पौडेल चयन भएका छन्
यस्तै, लेखा समिति संयोजकमा लक्ष्मण पोख्रेल तथा सदस्यमा शान्ता शर्मा र किरण विक चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस