after_navbar

पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्योः एक जना बेपत्ता


७ घण्टा अगाडि


बागलुङ। निरन्तरको वर्षासँगै आएको पहिरोमा परी बागलुङमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो। एक जना अझै बेपत्ता छन्।

पछिल्लो पटक ताराखोला गाउँपालिका-५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका-२ की ७९ वर्षीय नरमाया रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंका अनुसार सिपमा पहिरोले घर पुरिएर पुन र रोकाको मृत्यु भएको खबर ढिला गरी प्राप्त भएको हो।

यसअघि शनिबार ताराखोला गाउँपालिकामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो। आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाको पहिरोमा परी मृत्यु भएको थियो।

तमानखोला गाउँपालिकामा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="