after_navbar

क्षेत्र नं. ३ (ख)सभापतिमा गिरी निर्वाचित


असोज १५, २०८३



दाङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन्। दंगीशरण गाउँपालिकाका अध्यक्षसमेत रहेका गिरीले ४७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी गोपालबहादुर रावतले ९९ र निर्मल केसीले ८५ मत प्राप्त गरे। बिहीबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार उपसभापतिमा दुर्गा वली निर्वाचित भएकी छन्। वलीले ३०९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरे।

त्यस्तै, सचिवमा गणेश केसी ३४३ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लिला खड्काले २४४ मत प्राप्त गरिन्। थारू समानुपातिकतर्फ मधु चौधरी ३३० मत प्राप्त गरी निर्वाचित हुँदा शुकलाल चौधरीले २५५ मत प्राप्त गरेका थिए।

दाङ क्षेत्र नं.३ मा संघीय सभापति, प्रदेश सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="