after_navbar

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ


असोज २०, २०८३


काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले पदीय हैसियतको दुरुपयोग गरी गोप्य सूचना चुहाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उनको भनाइ छ।

उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने र त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताए।

यसैबीच, संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सोमबार गृह मन्त्रालयले निलम्बन गरेको छ। घटनाबारे छानबिन गर्न मन्त्रालयले जाँचबुझ प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="