after_navbar

मुगुका २० दलित बालिकालाई शान्ति समाजको छात्रवृत्ति


१८ घण्टा अगाडि


मुगु । मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयमा अध्ययनरत दलित समुदायका २० विपन्न बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। समाजले प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो।

मुगु शाखाका सभापति चित्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाही लगायतले जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे जानकारी दिए।

समाजले ‘छोरी पढाऔँ, गरिमा बढाऔँ’ भन्ने आह्वानसहित २०८० सालदेखि तीन वर्षसम्म कर्णालीका विपन्न दलित बालिकालाई २७ लाख ९६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिसकेको केन्द्रीय सभापति रेणुका पौडेलले बताइन्।

यस कार्यलाई निरन्तरता दिन समाजले २०८२ सालमा स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत यस वर्ष २० जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको हो। समाजका सदस्य तथा शुभेच्छुकले जम्मा गरेको अक्षयकोषमार्फत दुर्गम र आर्थिक रूपमा विपन्न परिवारका बालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको महासचिव शाहीले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="