after_navbar

रास्वपा सांसद सुनारमाथि सार्वजनिक कार्यक्रममा रोक


१६ घण्टा अगाडि


काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन थालेको छ। पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।

पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।

महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएको छ। आरोपको अनुसन्धानमा राज्यका निकायलाई सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

एक महिलालाई धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="