दाङ। प्रहरीले विभिन्न स्थानबाट ६ जनालाई लागु औषधसहित पक्राउ गरेको छ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-४ बाट एक जना, बर्दियाको गुलरिया नगरपालिका-१ बाट दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट एक जना र कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस