after_navbar

झुटा उजुरी दिएको आरोपमा रुकुम पश्चिमका दीपकलाई जरीवाना


१३ घण्टा अगाडि


दाङ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा उजुरी दिएको भन्दै रुकुम पश्चिमको आठबिसकोटका दीपक पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।

आयोगका अनुसार एबी राईको नामबाट नेपाल प्रहरीका एक डीआईजीले सहकारीको ऋण भुक्तानीसम्बन्धी उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँ मागेको र त्यसमध्ये १५ लाख रुपैयाँ दिएको दाबीसहित उजुरी परेको थियो।

अनुसन्धानका क्रममा उक्त उजुरी आठबिसकोटका दीपक पुनमगरले एबी राईको नामबाट दिएको खुलेपछि आयोगले उनलाई दुई हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="