after_navbar

प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु


१२ घण्टा अगाडि


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा सेवा सुरु गरिएको हो।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको परीक्षण तथा उपचारका लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले क्याथ ल्याब सेवाले यस क्षेत्रको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उनले प्रतिष्ठानको सेवा थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

data-href="