after_navbar

श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन निर्देशन


१२ घण्टा अगाडि


काठमाडौ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ।

कतिपय रोजगारदाताले चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएपछि विभागले यस्तो निर्देशन दिएको हो। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।

चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन सक्नेछन्। विभागले इमेलमार्फत उजुरी, गुनासो तथा सुझाव दिन सकिने व्यवस्था मिलाएको छ। यसका लागि क्यूआर कोडसमेत उपलब्ध गराइएको छ।

विभागका प्रवक्ता मणिनाथ गोपले चाडपर्व खर्च नदिने रोजगारदाता तथा प्रतिष्ठानलाई अनिवार्य रूपमा उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिइएको बताए। निर्देशन पालना नगर्ने रोजगारदातामाथि श्रम ऐनअनुसार कारबाही हुने उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस

data-href="