after_navbar

टरिगाउँ विमानस्थल विस्तारको अध्ययन गर्न निर्देशन


१३ घण्टा अगाडि


दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।

दुवै विमानस्थलको निरीक्षणपछि बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गर्दै मन्त्री पौडेलले आवश्यक प्राविधिक तथा सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिएका हुन्।

क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा गएको टोलीले असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण गरेको थियो। भ्रमणका क्रममा विमानस्थलको पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता र सेवा प्रभावकारिताबारे अध्ययन गर्न निर्देशन दिइएको हो।

क्यानका महानिर्देशक मुकेश डङ्गोलले टरिगाउँ विमानस्थल विस्तारका सम्भावनाबारे अध्ययन गरी हवाई सेवा सहज बनाउने लक्ष्य रहेको बताए। रारा विमानस्थलको स्तरोन्नतिसँगै आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाबारे समेत अध्ययन गरिने उनले जानकारी दिए।

विमानस्थलको विकास तथा विस्तारबाट हवाई पहुँच बढाउनुका साथै पर्यटन प्रवर्द्धन र सम्बन्धित क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="