after_navbar

पत्रकार र प्रालिबीच अन्तरसंवाद: यात्रु र मजदुरका पक्षमा थप संवेदनशील बन्न आग्रह


घण्टा अगाडि


दाङ। त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले जिल्लामा कृयाशिल सन्चारकर्मीहरुसंग यातायात सेवा सुधारका विषयमा अन्तरसंवाद गरेको छ । बिहिबार विजयादशमीको अवसर पारेर शुभकामना आदानप्रदान तथा सुझाव संकलन गरेको हो।

सो अवसरमा पत्रकारहरुले यात्रु र मजदुरका पक्षमा सधैँ संवेदनशील बन्न सुझाव दिएका छन्। यातायात क्षेत्रको सुधार, यात्रुमैत्री सेवा र दुर्घटना न्यूनीकरणका विषयमा सुझाव दिएका हुन् । उनीहरूले यात्रुको सुविधा र कर्मचारीको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

यात्रुलाई तोकिएको समयमा गन्तव्यमा पुर्‍याउने, लामो दूरीमा सहज सिट, गुणस्तरीय खाना र पर्याप्त खानेपानीको व्यवस्था गर्न सुझाव दिएका थिए। भाडादरमा यात्रुलाई मर्का पार्न नहुने, यात्रुलाई बीच बाटोमा अलपत्र पार्ने अवस्था आउन नदिनुपर्ने र रात्रिकालीन यातायात सेवालाई व्यवस्थित बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

त्यस्तै, दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालक तथा सहचालकको नियमित स्वास्थ्य र आँखाको जाँच, ट्राफिक प्रशिक्षण तथा सुरक्षित सवारी सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिइएको थियो। यातायात मजदुरको श्रम, सुरक्षा, सम्मान र सुविधाका विषयमा पनि संस्था संवेदनशील हुनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमका अध्यक्ष तथा प्रालिका अध्यक्ष सुरेश हमालले दुर्घटना नगराउने चालकलाई पुरस्कृत गर्ने र चालक तथा कर्मचारीलाई ट्राफिक प्रशिक्षण दिने गरिएको बताए। संस्थामा करिब दुई सय कर्मचारी कार्यरत रहेको जानकारी दिँदै उनले कर्मचारीको अनुशासन र सेवाभाव अभिवृद्धिका लागि पोसाक तथा प्रशिक्षणको व्यवस्था गरिएको बताए। यात्राका क्रममा उपलब्ध गराइने खानाको गुणस्तर सुधार गर्न पहल भइरहेको पनि उनले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले यातायात क्षेत्रको विकासमा प्रालिले योगदान पुर्‍याएको बताए। उनले यात्रुको अपेक्षाअनुसार सेवा, व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने उल्लेख गर्दै यातायात क्षेत्रको सुधार सबैको साझा दायित्व भएको बताए।

प्रालिले यातायात सेवासँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको जनाएको छ। संस्थाले १३ वटा विश्वकर्मा मन्दिर निर्माण गर्नुका साथै यात्रुका लागि प्रतीक्षालय निर्माण गरेको जानकारी दिइएको थियो। कार्यक्रमको स्वागत प्रशासनिक सचिव नारायणप्रसाद न्यौपानेले गरेका थिए भने सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="