after_navbar

दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते


घण्टा अगाडि


दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२, रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा नम्बर पहिचान हुन सकेको छैन।

दुर्घटनामा घाइते बंगलाचुली गाउँपालिका-४ का सुनिल खत्री र रामबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको एक मोटरसाइकलमा तीन जना सवार थिए। मोटरसाइकल चालक बंगलाचुली-४ का मोहन डाँगी दुर्घटनापछि फरार भएका छन्। उनको खोजी भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="