दाङ । दाङको लमहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-कौडियामा बिहीबार राति पौने १० बजे सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११६१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा लमही नगरपालिका-२ केरुङ्या घर भई हाल लमही-४ अर्नवामा ग्रिल पसल सञ्चालन गर्दै आएका करिब ३८/३९ वर्षीय देव नारायण चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा राति चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। बसमा सवार यात्रुलाई भने गन्तव्यतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस