after_navbar

कार्तिक १२ गते कांग्रेसका पदाधिकारीको सपथ


कार्तिक १०, २०८३


काठमाडौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ ग्रहण गर्ने भएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी नगरमा शपथ ग्रहण समारोह आयोजना हुनेछ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ।

महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले यसअघि असोज ३१ गते फूलपातीका दिन शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्। अन्य पदाधिकारी तथा सदस्यको शपथ भने बाँकी रहेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="