after_navbar

सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो


३ घण्टा अगाडि


काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन हिजो घटेको सुनको भाउ आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ एकैदिन ८ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ७२ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ १७५ रुपैयाँले घटेर तोलाको ३ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="