after_navbar

कपिलबस्तुमा बेसको जिल्ला समिति गठन


२ घण्टा अगाडि


दाङ । लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीमा कार्यक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय रहेको संस्था ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस सस्था)को कपिलबस्तुमा जिल्ला कार्यसमिति गठन गरिएको छ ।


कपिलबस्तुको गोरुसिंगेमा भएको अगुवाहरुको भेलाले आशाराम चौधरीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेको हो । समितिको अध्यक्षमा आशाराम चौधरी, उपाध्यक्षमा माधुरी थारु, सचिवमा राजेन्द्र थारु, कोषाध्यक्षमा गुलविया थारु, सहसचिवमा रामसयाहा थारु रहेका छन । समितिको सदस्यमा दुखेन्द्र थारु, ज्ञानमति चौधरी,प्रभुप्रसाद थारु, सुशीला थारु, बलिराम थारु, जगदीश चौधरी र नोखई थारु रहेका छन ।


आशाराम चौधरीको अध्यक्ष तथा बेसका महासचिव लोकजन चौधरीको प्रमुख आतिथ्यता र बेसका कार्यकारी निर्देशक चूर्ण बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिधि चौधरीले एकता नै सबै भन्दा ठूलो बल भएकोले सबै एक भएर सस्थालाई बलियो बनाउनु पर्ने बताए।उनले बेसले जिल्ला समिति विस्तार गर्ने नीति अनुसार कपिलबस्तुमा जिल्ला समिति गठन गरिएको बताए ।

कार्यकारी निर्देशक चूर्ण बहादुर चौधरीले कपिलबस्तुमा बेसले केहि वर्षदेखि परियोजनाहरु सञ्चालन गर्दै आएको भए पनि बेसको समिति सस्थागत नभएको र यस पटक त्यो पनि पुरा भएको बताए । श्रमराम चौधरी, नरबहादुर चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

बरघरहरुलाई बालविवाह न्यूनीकरण अभिमुखिकरण
कपिलबस्तुमा जिल्लास्तरीय बरघर भेला गरेर बरघरहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ । वालविवाह न्यूनीकरण अभियानलाई समुदायस्तरमा प्रभावकारी बनाउन बरघरहरुको भेला आयोजना गरिएको र उनीहरूलाई अभिमुखिरण गराइएको कार्यक्रम संयोजक नरबहादुर चौधरीले जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले वालविवाह रोक्नका लागि सक्रिय हुने प्रतिबद्धता जनाएका छन भने सामुहिक प्रतिबद्धता सहितको सपथ समेत लिएका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="