after_navbar

आजदेखी निर्वाचन लक्षित एमालेको राष्ट्रिय कार्यकर्ता भेला


१२ घण्टा अगाडि


काठमाडौ। नेकपा एमालेको राष्ट्रिय भेला आजदेखी सुरु भएको छ। राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ। मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले बुधबारबाट सुरु हुने भेलामार्फत निर्वाचनको रणनीति र तयारीबारे छलफल गर्ने निर्णय गरेको थियो ।

भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका तीन हजार ४१४ प्रतिनिधि सहभागी हुनेछन्। एमाले उपमहासचिव लेखराज भट्टले भेलामा स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकता दिइने जानकारी दिए।

भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले बैठकमा व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रमको कार्यतालिकाबारे जानकारी गराएका थिए। भेलामा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

उद्घाटनपछि बन्दसत्र सुरु हुने र बिहीबार भेला समापन गरिने एमालेले जनाएको छ।

भेलामा सहभागी प्रतिनिधिलाई स्थानीय निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आवश्यक रणनीति र गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ। प्राप्त सुझावका आधारमा निर्वाचनकेन्द्रित कार्ययोजना बनाएर अघि बढ्ने एमालेको तयारी छ।

राष्ट्रिय भेला सम्पन्न भएलगत्तै पार्टीले केन्द्रीय कमिटी बैठकसमेत बोलाउने भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="