काठमाडौ। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो। तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता २३ हजार ४०० रुपैयाँले घटिसकेको छ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस