after_navbar

आज सुनको भाउ बढ्यो


० मिनेट अगाडि


काठमाडौ। नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="