काठमाडौ। भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारत प्रदान गरेको हो। आइतबार भारत पुग्नुभएका शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस