दाङ । दाङको बबई नदीमा डुवेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ बर्षिया छोरी कृतिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मंगलवार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर ज्यान गएको प्रहरीले बताएको छ ।
मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा पछि थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस