after_navbar

दाङका घिमिरेलाई करोडौं ठगी गर्ने समुह पक्राउ


कार्तिक १, २०७७


बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै दाङका एक जनालाई ठगी गर्ने समुहलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–४ निवासी धनबहादुर रोका, सल्याको कुमाख गाउँपालिका–५ निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ निवासी डिल्लीबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई आइतबार रु ४० लाखसहित पक्राउ गरिएको हो । उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="