विदेश

भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

भारतमा मनसुन भित्रिएको छ । एक दिन अगावै भित्रिएको मनसुनी प्रणालीका कारण मुम्बईमा ठूलो वर्षा भएको छ । मुम्बईका धेरै ठाउँ जलमग्न भएका छन् । त्यहाँको मौसम विभागले आउँदो पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ । वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा बन्द गरिएको छ । यस्तै वर्षाका कारण केही … Continue reading भारतमा भित्रियो मनसुन, मुम्बईमा ठूलो वर्षा

थप पढ्नुहोस् »

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो । फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक … Continue reading ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट दुई वर्षका लागि बन्द

थप पढ्नुहोस् »

चीनमा अब तीन सन्तान जन्माउन पाउने

चीनका नागरिकले अब तीन सन्तान जन्माउन पाउने अनुमति पाएका छन् । चीनले तीन सन्तानकाे अनुमति दिएसँगै अब दुई सन्तानकाे कडा नीति समाप्त भएकाे छ ।  चीनकाे सरकारी समाचार एजेन्सी सिन्ह्वाका राष्ट्रपति सी जिनपिङकाे नेतृत्वमा भएकाे पाेलिटब्युराे बैठकमा तीन सन्तान जन्माउन पाउन अनुमति दिने निर्णय लिइएकाे हाे ।।  चीनमा एक दशकमा हुने जनगणनामा त्यहँ जनसङ्ख्या पछिल्लाे केही दशकमा पहिलाे … Continue reading चीनमा अब तीन सन्तान जन्माउन पाउने

थप पढ्नुहोस् »

चक्रवातका कारण भारतमा कैयौँ विस्थापित

यास नामको चक्रवातका कारण भारतमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । पश्चिम बङ्गाल र ओडिशा राज्यमा प्रभाव पारेको चक्रवातका कारण कम्तीमा पाँच जनाको ज्यान गएको र हजारौँ मानिस घरबारविहीन भएका समाचारसंस्था रोयटर्सले जनाएको छ । बङ्गालको खाडीमा उत्पन्न भएको चक्रवात तटीय क्षेत्रमा आउनुअघि नै १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका … Continue reading चक्रवातका कारण भारतमा कैयौँ विस्थापित

थप पढ्नुहोस् »

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा

पश्चिम अफ्रिकी देश मालीमा सेनाले ‘कू’ गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह … Continue reading मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा

थप पढ्नुहोस् »

नेपालको कोरोना महामारीबारे बेलायती संसदमा बहस

बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे सुरु भएको थियो । सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग … Continue reading नेपालको कोरोना महामारीबारे बेलायती संसदमा बहस

थप पढ्नुहोस् »

भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोनाले २ हजार ८१२ जनाको मृत्यु भएको छ। एक दिनमा यति धेरै संख्यामा संक्रमण र मृत्यु अहिलेसम्म विश्वका कुनै पनि देशमा नभएको … Continue reading भारतमा एकैदिन साढे ३ लाख बढी संक्रमित

थप पढ्नुहोस् »

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको ज्यान  गएको हो । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० … Continue reading कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो

थप पढ्नुहोस् »

फ्रान्समा लकडाउन, स्कुल पनि बन्द

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले आउँदो शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ । लकडाउनको अवधिभर मानिसले घरमै … Continue reading फ्रान्समा लकडाउन, स्कुल पनि बन्द

थप पढ्नुहोस् »

खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ । उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको … Continue reading खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित

थप पढ्नुहोस् »