विदेश

बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनको राजीनामा

काठमाडौ,८ साउन ।बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिएका छन् । उनले गम्भीर स्वास्थ्य समस्याका कारण पद त्यागेको उनको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि शाहबुद्दिनले राजीनामा दिएको उल्लेख गरिएको छ। शाहबुद्दिन हसिनाका पूर्वसहयोगीसमेत रहेका उनले सन् २०२३ अप्रिलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका हुन् … Continue reading बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनको राजीनामा

थप पढ्नुहोस् »

मध्यपूर्वमा तनाव: मे महिनायता पहिलो पटक कच्चा तेलको मुल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौं, ८ साउन। मध्यपूर्वमा बढेको भूराजनीतिक द्वन्द्व र आपूर्ति शृङ्खलामा देखिएको गम्भीर अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। मे महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ। ​अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीलाई तीव्रता दिएसँगै बिहीबार मात्रै तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको हो। … Continue reading मध्यपूर्वमा तनाव: मे महिनायता पहिलो पटक कच्चा तेलको मुल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

थप पढ्नुहोस् »

बाढीमा परेर २३ जनाको मृत्युःसयौँ बेपत्ता

काठमाडौ,६ साउन। अफगानिस्तानमा बाडीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटिरहेका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ले सोमबार … Continue reading बाढीमा परेर २३ जनाको मृत्युःसयौँ बेपत्ता

थप पढ्नुहोस् »

६ महिनामा तीनसय बढी बालबालिकाको मृत्यु

काठमाडौ,२२ असार । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो ६ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। युनिसेफका अनुसार तीमध्ये अधिकांश बालबालिकाको ज्यान ड्रोन आक्रमणमा गएको हो। युद्ध तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। सन् २०२३ अप्रिलदेखि सुडानी सेना र द्रुत समर्थन बल (आरएसएफ)बीच द्वन्द्व जारी छ। … Continue reading ६ महिनामा तीनसय बढी बालबालिकाको मृत्यु

थप पढ्नुहोस् »

नेपाल-भारतको दोहोरो पहिचान कागजात प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दर्ता

दाङ,२१ असार । भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशका नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सीमावर्ती जरवा थाना क्षेत्रका ती व्यक्तिहरूले भारतीय सरकारी योजनाको समेत लाभ लिएको आरोप रहेको प्रहरीले जनाएको छ। बलरामपुरका प्रहरी प्रमुख (एसपी) विकास कुमारका अनुसार जिल्ला अधिकारी (डीएम) को उजुरीपछि घटनाबारे … Continue reading नेपाल-भारतको दोहोरो पहिचान कागजात प्रकरणमा २७ जनाविरुद्ध मुद्दा दर्ता

थप पढ्नुहोस् »

इरानका दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि शुरू

काठमाडौ,२० असार। इरानले दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै तेहरानस्थित ग्रान्ड मोसाल्ला प्राङ्गणमा हजारौँ नागरिक भेला भएका थिए। श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले अमेरिकाविरुद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो … Continue reading इरानका दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि शुरू

थप पढ्नुहोस् »

कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ घाइते, १८ बेपत्ता

काठमाडौ,८ असार । कतारको रास लाफान औद्योगिक सहरस्थित एक ग्यास प्लान्टमा विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतार प्रशासनका अनुसार विस्फोटपछि औद्योगिक क्षेत्रमा व्यापक आगलागी भएको थियो। घटनालगत्तै आपत्कालीन उद्धार टोली परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ। कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार घाइतेहरूको … Continue reading कतारको ग्यास प्लान्टमा विस्फोट : ५४ घाइते, १८ बेपत्ता

थप पढ्नुहोस् »

इरानलाई २२ देशको संयुक्त चेतावनी

काठमाडौ,२८जेठ । अमेरिका, बेलायत र अस्ट्रेलियासहित २२ देशले इरानलाई विदेशी भूमिमा हुने आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्। संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूले यस्ता गतिविधिले राष्ट्रिय सार्वभौमिकता … Continue reading इरानलाई २२ देशको संयुक्त चेतावनी

थप पढ्नुहोस् »

नयाँदिल्लीको होटलमा आगलागी: २१ जनाको मृत्यु

काठमाडौ,२० जेठ । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दिल्लीको भीडभाड भएको क्षेत्रमा रहेको ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो। आगो छिटो फैलिँदा भित्र रहेका पाहुना र कर्मचारी फसेका थिए। प्रहरीका अनुसार ४० भन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालमा … Continue reading नयाँदिल्लीको होटलमा आगलागी: २१ जनाको मृत्यु

थप पढ्नुहोस् »

रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु

काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्। समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो क्षति पुर्‍याएको हो। युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जना र … Continue reading रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु

थप पढ्नुहोस् »