after_navbar

रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु


१० घण्टा अगाडि


काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्।

समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो क्षति पुर्‍याएको हो।

युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जना र राजधानी किएभमा ६ जनाको मृत्यु भएको छ। विस्फोटका कारण अपार्टमेन्ट भवनहरू क्षतिग्रस्त भएका छन् भने धेरै स्थानमा खोज तथा उद्धार कार्य जारी छ।

युक्रेनी वायु सेनाका अनुसार रुसले ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो। तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी युक्रेनले गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="